भरतपुर गोल्डकप: निशानको गोलमा झापा फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । निशान लिम्बुको एक मात्रै निर्णायक गोलमा झापा एघार सिएमएस भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

चितवनको क्याम्पाचौरमा बिहीबार भएको खेलमा झापाले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्याे । अब झापाले फाइनलमा संकटा क्लबको सामना गर्नेछ ।

प्रतिस्पर्धात्मक भनेको खेलमा झापालाई जित दिलाउन एक मात्रै निर्णायक गोल निशान लिम्बुले गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दि म्याच झापा एघारको एक मात्रै गोलकर्ता निशान भए । उनले १० हजार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेता टिमले ३ लाख पाउने आयोजक समितिका प्रकाश भुजेलले बताए ।

प्रतियोगिताको गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले जनही २० हजार पाउनेछन् । त्यस्तै हाई स्कोररले २० हजार तथा प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले ४० हजार नगद पाउने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस