जेठ ५, काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनलाई पराजित गर्दै फ्रेन्च क्लब लियोनले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा बार्सिलोनाको महिला टिम लियोनको महिला टिमसँग ४–१ ले पराजित भएको हो । लियोनको जितमा बालोन डी’ओर विजेता एडा हेगबर्गले पहिलो हाफमा ह्याट्रिक गरिन् । यस्तै मारोज्सानले पनि एक गोल गरेकी हुन् ।
गएको अप्रिलमा लगातार १३ औँ सिजन फ्रेन्च लिगको उपाधि जितेकी लियोनले युरोपियन च्याम्पियनसिप जितेको हो ।