स्पेनिस ला लिगा : मेस्सीको २ गोलले पनि जितेन बार्सिलोनाले

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ६, सोमबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ ६,काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इबरसँग बराबरी खेलेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले इबरसँग २–२ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।

इबरविरुद्ध दुई गोल गरेसँगै मेस्सीले यस सिजनको सबैखाले प्रतियोगितामा ५० औँ गोल पुरा गरेका छन् ।

बराबरीसँगै बार्सिलोनाले ८७ अंक जोड्दै एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पारेका छ । दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक छ ।

बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस