सीपीएल क्रिकेट: सन्दीप महङ्गाे मुल्यमा आबद्द

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ९, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौँ । वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्ट सम्पन्न भएको छ ।

लण्डनमा भएको ड्राफ्टबाट नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अनुबन्धित भएका छन् । ड्राफ्टबाट सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ ।

उनलाई पाँचौ चरणमा बार्बाडस ट्राइडेन्टसले छनोट गरेको हो । उनी यस सिजन महङ्गाे मुल्यमा टाेलीमा समावेश भएका छन् । अघिल्लाे सिजन करिब ६ लाखमा अनुबन्धन भएका सन्दीपले यस सिजन करिब ८० लाख प्राप्त गर्नेछन् ।

योसंगै सन्दीपले लगातार दोस्रो सिजन सीपीएल लिग खेल्ने पक्का भएको हो । सन्दीपले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

सन्दीप नयाँ सिजनको लागि अनुबन्धित भएपनि ड्राफ्टमा अटाएका अन्य तीन खेलाडी भने बिक्रि भएनन् । नेपालबाट लेग स्पिनर सन्दीपसंगै तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहित कुमार पौडेल ड्राफ्टमा परेका थिए । तर, १७ राउण्डसम्मको ड्राफ्टमा उनीहरु टिमको नजरमा परेनन् ।

यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ । जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस