खेलकुदका पदक विजेतालाई सशस्त्र प्रहरीको सम्मान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ९, बिहिबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौँ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल आफ्ना विभागका खेलाडीलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले बिहिबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रदेश ५ को नेपालगन्जमा गत वैशाखमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्यपदक जितेका खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा सम्मान गरिएको हो ।

एपीएफले स्वर्ण विजेतालाई जनही १० हजार, रजत विजेतालाई सात हजार र कास्य विजेतचलाई पाँच ५ हजार रुपैयाँबाट सम्मान गरेको थियो ।

एपीएफ पदक तालिकामा समग्रमा तेस्रो भएको थियो । एपीएफ ५४ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कूल २०२ पदक जितेको थियो ।

खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस