प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः आजबाट सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ १०, शुक्रबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शुक्रबार) सुरु हुदैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा पुर्व प्रधानमन्त्री तथा नेकपाका सह अध्यक्ष पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मुलपानी क्रिकेट मैदानको काम निर्धारित समयमा नसकिएकाले त्रिवि मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गर्न लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले प्राविधिक कारणले मुलपानी क्रिकेट मैदानको काम नसकिएकाले उद्घाटन कार्यक्रम त्रिवि मैदानमा गर्न लागिएको जनाएको छ ।

यसअघि मुलपानी मैदानमा प्रतियोगिताको उद्घाटन गर्ने तयारी थियो ।

राखेप र नीजि कम्पनी नेपालयको संयुक्त आयोजनामा प्रधानमन्त्री कपको तेस्रो संस्करण सुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर २ र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा तीन विभाग सहित ७ प्रदेशले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस