पिएम कप क्रिकेटको उद्घाटन प्रचण्डले गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ १०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौँ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भएका छन् ।

आयोजक राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार सुरु हुने प्रतियोगिताको उद्घाटन प्रचण्डले गर्ने जानकारी दिएको छ । उद्घाटन किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार बिहान हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने जनाईएपनि राखेपले अन्तिम समयमा किर्तिपुर सारेको हो ।

नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ बीच खेल हुनेछ । यस्तै मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच खेल हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस