विश्वकप क्रिकेट : अभ्यास खेलमा भारत र न्यूजील्याण्ड खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ११, शनिबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ ११,काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार २ वटा अभ्यास खेल हुँदैछन् । ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेट अघि प्रतियोगितामा सहभागी १० वटै टिमले २ वटा अभ्यास खेल खेल्ने छन् । जसअन्तर्गत शनिबार दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् ।

लण्डनमा शनिबार नै भारत र न्यूजील्याण्डको अभ्यास खेल हुने छ । भारत विराट कोहलीको कप्तानीमा विश्वकप खेल्दै छ भने न्यूजील्याण्ड केन विल्मसनको नेतृत्वमा छ ।

यसैगरी साउथ ह्याम्पटनमा इंग्ल्याण्ड र अस्ट्रेलिया आमने सामने हुने छन् । इंग्ल्याण्ड इयोन मोर्गनको कप्तानीमा विश्वकप खेल्दै छ । अस्ट्रेलिया भने एरोन फिन्चको कप्तानीमा छ ।

शनिबारको खेलमा इंग्ल्याण्डका कप्तान मोर्गन खेल्ने सम्भावना कम रहेको छ । अभ्यासका क्रममा उनी घाइते भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस