अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड ९ विकेटले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ १४, मंगलबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्याण्ड ९ विकेटले विजयी भएको छ । अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य इंग्ल्याण्डले १७।३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

पहिलो अभ्यास खेलमा भने अस्ट्रेलियासँग १२ रनले पराजित भएको थियो । सोमबार अफगानिस्तानविरुद्ध जित निकाल्दा जोसन रोयले नट आउट ८९ रन बनाउँदा जोनी बेरस्टोले ३९ रन बनाए । यसैगरी जोय रुटले नट आउट २९ रनको योगदान गरे ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३८।४ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । उसका मोहम्मद नावीले सर्वाधिक ४४ रन बनाउँदा नुर अलि जर्दानले ३० रन जोडे । दलत जर्दान २० रनमा नट आउट रहे । अफगानिस्तानलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र जोय रुटले तीन तीक विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस