आर्सनललाई हराउदै चेल्सीले जित्यो युुरोपा लिग फुटबलको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी खेलको चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

४९ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता १–० को अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेड्रोले गोल थपेपछि आर्सनल २–० ले पछि परेको थियो । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३–० को बनाए ।

६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३–१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले फेरि पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए ।

ताजा अपडेट

खोजी गर्नुहोस