आईसीसी विश्ककप : श्रीलंका बिरुद्ध न्यूजिल्याण्डले टस जितेर बलिङ गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ १८, शनिबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ । आईसीसी विश्ककप अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । यतिबेला न्यजिल्याण्डले टस जितेर बलिङ रोजेको छ भने श्रीलंकाले ब्याटिङ गरिरहेको छ । नेपाली समयअनुसार पहिलो खेलमा सवा तीन बजे न्यूजिल्याण्ड र श्रीलंका खेल्दैछन् । यी दुईबीचको खेल कार्डिफको सोफिया गार्डेन्स मैदानमा भईरहेको छ ।

न्युजिल्याण्डलाई विश्वकपमा ुडार्क हर्सु भन्ने गरिन्छ । उसले यो संस्करणमा पनि यो छवि कायम राखेको छ । एकदिवसीय विश्व वरियतामा न्युजिल्याण्ड अहिले तेस्रो स्थानमा छ । विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक केन विलियमसनको उपस्थितिका कारण पनि न्यूजिल्याण्ड टिमको प्रदर्शन उच्च हुने अनुमान छ ।

उनीसँगै ट्रेन्ट बोल्ट र टिम साउथीको जोडीले न्यूजिल्याण्डको बलिङ आक्रमणमा महत्वपूर्ण भूमिका खेल्नेछन् । बोल्ट र साउथी जस्ता तीव्र गतिका बलरको जोडीलाई यो संस्करणमा उत्कृष्ट मानिएको छ ।

केन, विलियम्सन, रस टेलर, मार्टिन गप्टिल र कोलिन मुन्रोजस्ता टप अर्डर ब्याट्सम्यानले न्यूजिल्याण्डको इनिङलाई ३५० रनसम्म उकास्न सक्नेछन् । यी खेलाडीसँगै रस टेलर अर्को खेलाडी हुन्, जसले न्यूजिल्याण्डको इनिङमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् । श्रीलंकाविरुद्ध जित हात पारेर न्यूजिल्याण्ड प्रतियोगितामा राम्रो सुरुवात गर्न चाहन्छ ।

श्रीलंका भने यो संस्करणमा निकै कमजोर देखिएको छ । विश्व वरीयतामा अहिले श्रीलंका नवौं स्थानमा छ । अघिल्लो संस्करणमा श्रीलंका क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।

श्रीलंकाली टिममा कुशल मेन्डिसले उत्कृष्ट प्रदर्शन गर्न सक्ने अनुमान रहेको छ । विपक्षी टिमका लागि मेन्डिस चुनौती हुन सक्नेछन् । भेटरान बलर लसिथ मालिङ्गा श्रीलंकाली क्रिकेट टोलीका मुख्य हतियार रहनेछन् । तर उनको मात्र प्रदर्शन श्रीलंकाली टिमका लागि पर्याप्त हुनेछैन । उनलाई सुरंगा लक्मलले साथ दिनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस