च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ १९, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । शनिबार राति भएको फाइनल खेलमा टोटेहमलाई २–० गोलले पराजित गर्दै यो सिजनको च्यायिम्पयन्स लिगको उपाधि आफ्नो हातमा पारेको हो । लिभरपुललाई उपाधि दिलाउन खेलको पहिलो मिनेटमानै मोहमद सलाहले पेनाल्टी मार्पmत गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ८७ औँ मिनेटमा डिभोक ओरिगीनेले गोल गर्दै लिभरपुललाई जितको बाटो दिलाए ।

लिभरपुलले यो भन्दा पहिले सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । गत सिजन पनि फाइनल सम्म यात्रा तय गरेको लिभरपुल फाइनल खेलमा रियल मड्रिडसँग पराजित भएको थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस