जोकोभिक फ्रेन्च ओपनको अन्तिम आठमा, बनाए नयाँ रेकर्ड

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २१, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौँ । सर्बियाका नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।

पेरिसमा सोमबार भएको खेलमा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिकले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।

विश्व नम्बर एक जोकोभिकले स्ट्रुफलाई ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे । अब जोकोभिकले जर्मनीका एलेक्सजेन्डर जेभेरेभसंग खेल्नेछन् ।

योसंगै जोकोभिक लगातार १० बर्ष फ्रेन्च ओपनको क्वाटरफाइनल पुग्ने पहिलो खेलाडी बनेका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस