प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल: नेपाल पुलिस सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २२, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौँ । नेपाल पुलिस क्लब प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा बुधबार भएको खेलमा पुलिस गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसले गण्डकीलाई २५–२१,२५–१५, २५–१६ ले हराएको थियो । समूह ‘बी’ को विजेता बनेको मा रहेको पुलिसले तीन खेलबाट नौ अंक बनायो ।

एक खेल अगाबै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो । पुलिससँग हारेपनि गण्डकीले पनि उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले चार खेलबाट नौ अंक बनाएको छ । प्रदेश ३ र प्रदेश ५ र कर्णाली बाहिरिएका छन् ।

यसैगरी समूह ‘ए’ बाट एपीएफ र आयोजक त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् । बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा हरायो ।

एपीएफले आर्मीमाथि २५–१४, २५–२१, २०–२५, २५–२० को जित निकालेको थियो । जितसँगै एपीएफले तीन खेलबाट नौ अंक बनायो । एपीएफसँग हारेपनि यसअघि नौ अंक बनाएको आर्मी समूह उपविजेता बनेको छ ।

अर्को खेलमा प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५, २५–१३ को सेटमा हरायो । अर्को खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई २५–१८, २५–१५, २३–२५, २०–१५, १५–९ को सेटमा पराजित ग¥यो ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस