पोर्चुगललाई नेसन्स लिगको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले पहिलो संस्करणको युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छन् ।

आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो ।

पोर्चुगलको जितमा गोन्कालो गुएडेस नायक बने । घरेलु मैदान पोर्टोमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा गुएडेसले निर्णायक गोल गरेका थिए । बर्नार्डो सिल्भाको पासमा उनले निर्णायक गोल गरेका थिए ।

योसंगै रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । यसअघि रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो ।

यसअघि पोर्चुगलले स्विजरल्याण्डलाई हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै नेदरल्याण्डले इंग्ल्याण्डको चुनौती समाप्त गरेको थियो ।

प्रतियोगितामा इंग्ल्याण्डले तेस्रो स्थान हासिल गरेको छ । प्ले अफमा स्विजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पोर्चुगलका बर्नार्डो सिल्भा चुनिए । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस