हजार्डलाई रियल मड्रिडमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । स्पेनिस महारथी रियल मड्रिडका कप्तान सर्जियो रामोसले ईडेन हजार्डलाई विश्वस्तरीय खेलाडीको रुपमा ब्याख्या गर्दै उनको आगमनले टिम अझ मजबुद हुने बताएका छन् ।

बेल्जियमको आक्रमक खेलाडी हजार्ड नयाँ सिजनका लागि लण्डन क्लब चेल्सीबाट रियल आएका छन् । उनले क्लबसंग ५ बर्षको सम्झौता गरेका छन् ।

मुख्य फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई ईटालियन महारथी युभेन्ट्समा बेचेपछि मड्रिड क्लब नयाँ खेलाडीको खोजीमा रहको थियो । सोही अनुसार दुई पटकको प्रिमियर लिग विजेता बनेका हजार्डले रोनाल्डोको भुमिका रियलमा पुर्ती गर्ने क्लबको विश्वास छ ।

कप्तान रामोसले २८ बर्षिया खेलाडी हजार्डको आगमनमा उत्साह प्रकट गर्दै क्लबले अझै विश्व स्तरका खेलाडी थप्ने विश्वास ब्यक्त गरेका छन् ।

‘उनी हामीसंग खेल्न आउदैछन् । उनी विश्वस्तरीय खेलाडी हुन् । यसले टिमलाई अझ मजबुद बनाउन सहयोग गर्नेछ ।’ उनले भने ।

पछिल्लो समय रामोस आफै क्लब छाड्ने मनसाय बनाएका थिए । मुख्य प्रशिक्षकमा जिनेदिन जिदानको आगमन र अध्यक्ष फ्लोरेन्टिनो पेरेजसंगको विवादले उनी क्लब छाड्दै चीनियाँ क्लबसंग जोडिएका थिए ।

तर अन्तिममा ३३ बर्षका डिफेन्डरले करियरको अन्त्य रियलमै गर्ने घोषणा गरेका थिए ।

अहिले अन्तराष्ट्रिय खेलको तयारीमा रहेका रामोसले स्पेनबाट युरो कप छनोटमा सोमबार स्विडनसंग प्रतिस्पर्धा गर्दैछन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस