नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् ।

१२औं पटक फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा नाडालले चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सेटमा पराजित गरेको हो । नाडालले गत वर्षपनि डोमिनिकलाई नै पराजित गर्दै फ्रेन्च ओपन जितेको थियो ।

रोलान्ड गारोस कोर्ट पेरिसमा आइतबार भएको खेलमा नाडालले पहिलो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट नाडालले ५–७ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट नाडालले ६–१ र ६–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

३३ वर्षीय नाडाल एकै ग्रान्डस्लाम १२औं पटक जित्ने पहिलो खेलाडी बने । क्ले कोर्टका बादशाह नाडालको यो समग्रमा १८औं ग्रान्डस्लाम उपाधि हो । नाडाल अब स्वीस रोजर फेडेररभन्दा २ ग्रान्डस्लाम उपाधिबाट टाढा छ ।

च्याम्पियन बनेसँगै नाडालले आफुले पाएको सफलता सोच्न नसकेको र यो सपना जस्तै लागेको बताएका छन् । ‘सन् २००५ मा पहिलोपटक खेले । २०१९ मा पनि यही खेलिरहेको छु । यो अविश्वसनीय पल र मेरो लागि विशेष क्षण बनेको छ ।’ नाडालले भने । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस