जेठ ३१, काठमाडौँ । चेल्सीले आफ्ना प्रशिक्षक माउरिजियो सर्री यूभेन्ट्स जाने सहमतिमा हस्ताक्षर गरेको छ।
क्रिस्टियानो रोनाल्डोको सीरी ए च्याम्पियन क्लब यूभेन्ट्स जानेबारे सर्री र चेल्सीका उच्च अधिकारीबीच बिहीबार साँझ सहमति भएको हो। बीचैमा क्लब छाड्ने भएपनि सर्रीले ५ मिलियन पाउण्ड क्षतिपुर्ति तीर्ने भएका छन्।
नोपोलीबाट २०१८ को जुलाईमा तीनवर्षका लागि चेल्सी आएपछि एकवर्षमात्रै क्लबमा बिताएका सर्रीले क्लबलाई गत सिजन प्रिमियर लिगमा तेस्रो बनाउँनुका साथै यूरोपा लिगको उपाधि दिलाएका थिए।
चेल्सीका मालिक रोमन अब्रामोचिक आएदेखि क्लबको प्रशिक्षकत्व त्याग्ने सर्री नवौं प्रशिक्षक हुन्। चेल्सीमा उनको कार्यकालका बीचमा पनि उनले प्रशिक्षकत्व छाड्ने हल्ला चलेको थियो। उनको रणनीति र टिम छनौटको विषयमा आलोचना हुँदै आएको थियो।
गत फेब्रुअरीमा भएको काराबाओ कपको फाइनलमा गोलकिपर किपा अरिजाबालेगलाई उनले परिवर्तन गर्न खोजेपनि किपाले सर्रीले भनेको मानेका थिएनन्।
प्रशिक्षक सर्रीसँगै यस सिजनमा यसअघि नै स्टार खेलाडी इडन हाजार्डले पनि चेल्सी छोडिसेकेका छन्। उनी रियल मड्रिड भएका छन्।