देशको प्रतिष्ठाको लडाइँ लड्दै भारत र पाकिस्तान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । विश्वकप क्रिकेटमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान बीच खेल हुँदैछ। इंग्ल्यान्डमा आज हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने छ।

दुवै टिम देशको प्रतिष्ठाको लडाइँको रुपमा लिँदै आएको पाकिस्तान र भारतको खेलमा दुवै टोलीले जीत हात पार्ने दाउमा छन्। विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तानको तीन अंक रहेको छ।

त्यस्तै भारतले भने खेलेको दुई खेलमध्ये दुबै खेल जितेको छ। भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो।

पाकिस्तान भने वेष्टइन्डिज र अष्ट्रेलियासँग पराजित भएको थियो भने आयोजनक इंग्लायण्डलाई पराजित गरेको थियो। वर्षाका कारण पाकिस्तान र श्रीलंकाको खेल भने रद्द भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस