वेष्ट इण्डिजमाथि बंगलादेशको शानदार जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ ३, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजमाथि शानदार जीत हात पारेको छ।

टाउनटनमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको हो। काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहदै १२४ रनको शतकीय इनिङ्स खेले। उनले ९९ बलमा १६ चौका प्रहार गरे। यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास ९४ रनमा अविजित रहे। तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए।

वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १/१ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो। वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान जासन होल्डरले ३३ रनको आक्रामक पाली खेल्दा क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न सकेनन्।

बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३÷३ विकेट हात पारे। शाकिब अल हसन २ विकेट लिए। प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक इंग्ल्याण्ड र अफगानिस्ताबीच खेल हुने छ।

ताजा अपडेट

खोजी गर्नुहोस