कोपा अमेरिका : चिलीसँग जापान पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ ३, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । कोपा अमेरिका अन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ । चिलीले जापानलाई ४–० ले स्तब्ध पार्‍यो ।

चिलिको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले एक गोल गरे । खेलको ४१औं मिनेटमा पुल्गारले गोल गर्दै चिलीलाई अग्रता दिलाए । दोस्रो हाफमा चिलीले तीन गोल गरेको थियो ।

५४औं मिनेटमा भर्गासले र ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि चिलिले ३–० को अग्रता लियो । ८३औं मिनेटमा भर्गासले ब्यक्तिगत दोस्रो गोल गर्दा चिलीले ४–० को जित निकाल्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस