असार ४, काठमाडौँ । कोपा अमेरिका फुटबलका पेरुले बोलिभियालाई हराएको छ । मंगलबार राति भएको खेलमा पेरुले बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो ।
मार्सेलो मोरेनोले पेनाल्टीमा गोल गर्दै बोलिभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
जोसे पाओलो गुरेरोले पहिलो हाफको अन्तिम मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
५५ औ मिनेटमा जेफरसन फार्फनले पेरुलाई अग्रता दिलाउने काम गरे । ईडिसन फ्लोरिसले खेलको अन्तिम मिनेटमा गोल गर्दै पेरुको जित सुनिश्चित गरे ।
समुह एको खेलमा जित निकाल्दै पेरु दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
ब्राजिल एक खेलमा जित निकाल्दै ३ अंक सहित दोस्रो स्थानमा छ । बोलिभिया अंक विहिन हुदै पुछारमा छ । एजेन्सी