असार १०,काठमाडौँ । उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान भएको खेलमा चीलीलाई १-० गोलअन्तरले पराजित गर्दै उग्रुवे क्वाटरफाइनलमा प्रवेश गरेको हो । यद्यपि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको उरुग्वेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल भयो । खेलको ८२ औं मिनेटमा इडिन्सन काभनीको गोलमा उरुग्वेले अग्रता बनाएको थियो ।
उग्रुवेलाई दबाबमा राखेपनि चिलीले गोल गर्न भने सकेन । समूह चरणमा अपराजित रहेको उरुग्वेले खेलेको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । चिली पनि दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंकको साथ क्वारटफाइनलमा प्रवेश गरेको हो ।
आजै भएको अर्को खेलमा भने जापानले इक्वेडरसँग १(१ गोलको बराबरी खेलेको छ ।