वेष्ट इन्डिजलाई धक्का : अलराउण्डर रसेल विश्वकपबाट किन भए आउट ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ १०, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट भएका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएअनुसार रसेलले घुँडाको चोटको कारण विश्वकपका बाँकी खेल गुमाएका हुन् ।

जारी विश्वकप क्रिकेटमा रसेलले चोटकै कारण राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । रसेलको स्थानमा २६ वर्षीय ब्याट्सम्यान सुनिल अम्बरिसलाई टिममा बोलाइएको छ ।

विश्वकपअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका रसेल जारी विश्वकपमा भने चल्न सकेनन् । उनी चोटग्रस्त भएपछि वेष्ट इन्डिज टिमबाट बाहिरिएका हुन् ।

सेमिफाइनलमा झिनो आशा कायमै रहेको वेष्ट इन्डिजले जुन २७ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपमा प्रवेश गर्नका लागि अबको सबै खेल वेष्ट इन्डिजले जितेर मात्रै हुँदैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस