कोपा अमेरिका फुटबल : ब्राजिल भर्से अर्जेन्टिना ! कसले मार्ला बाजी ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ १८, बुधबार (५ साल अघि)
  • १५३ पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । कोपा अमेरिका फुटबलको दुवै सेमिफाइनल खेल बुधबार अहिले बिहान हुँदैछन् । नेपाली समयअनुसार विहान सवा ६ बजे चिली र पेरु भिड्दा हाई भोल्टेज म्याचमा ब्राजिल र अर्जेन्टिना आमनेसामने हुने छन् ।

क्वार्टरफाइनलमा चिलीले पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दा पेरुले उरुग्वेलाई पनि पेनाल्टी सुटआउटमा निराश बनाउँदै सेमिफाइनलमा भेट पक्का गरेको थियो ।

उता ब्राजिलले पाराग्वेलाई पेनाल्टीमा पन्छाउँदा अर्जेन्टिनाले भेनेजुएलालाई निर्धारित समयमै निराश बनाएको थियो ।

ब्राजिलले १९९३ देखि जब सेमिफाइनलमा खेलेको छ त्यतिबेला हरेक पटक फाइनलमा स्थान बनाएको छ । यी दुई बीच २६ वर्ष पछि पहिलो पटक सेमिफाइनलमा भेट हुँदै छ । जसले गर्दा उपाधि होडबाट ब्राजिल वा अर्जेन्टिना बाहिरिने पक्का छ ।

कोपाको प्रदर्शनका आधारलाई मान्ने हो भने अर्जेन्टिनाभन्दा ब्राजिल अगाडि रहेको छ । तर अर्जेन्टिनासँग मेस्सी रहेका छन् । उनले गोल गर्न बिर्सिए पनि उनको प्रदर्शनले अर्जेन्टिनाको टिमलाई आत्मबल भने बढाउने गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस