असार २०, काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटबाट पाकिस्तान बाहिरिएको छ। पाकिस्तान बाहिरिएसँगै न्यूजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको छ।
अहिले भइरहेको खेलमा बंगलादेश पाकिस्तानले दिएको ३ सय १६ रनको पछ्याइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३ सय १५ रन जोडेको हो।
पाकिस्तानका लागि इमाम उल हकले शतक पुरा गरे। १०० बलको सामना गरेका उनले सात चौकाको मद्दतमा १०० रन जोडे। यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३ माहम्मद हफिजले २७ र फखर जमनले १३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ बंलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक पाँच, मोहम्मद सैफुद्दिनले तीन र मेहदी हसन मिर्जाले १ विकेट लिए।
पाकिस्तानले बंगलादेशलाई सात रनमै राकेको खण्ड मात्रै पाकिस्तानको लागि सेमिफाइनलको ढोका खुल्ने थियो। जुन चमत्कार भएमा मात्रै सम्भव थियो। पाकिस्तानले चमत्कार गर्न सकेन।