असार २३, काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । नेपालविरुद्ध मलेसियाले केही बेरमा ब्याटिङ थाल्नेछ । मलेसियाविरुद्ध खेलमा जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ ।
समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेको नेपाल घरेलु टोलीमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो त्यस्तै दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।