असार २३, काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रुपमा रमेश सिलवाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले परिषद्को १८औं सदस्य सचिवको रुपमा सिलवाललाई नियुक्त गरेको हो ।
परिषद्को सदस्य सचिवको रुपमा सिलवाल नियुक्त भएको खबर अनौपचारिक रूपमा बाहिरिए पनि यससम्बन्धी निर्णय सरकारले सार्वजनिक भने गरेको छैन ।
केशवकुमार विष्टको कार्यकाल नौ असारबाट सकिएपछि रिक्त रहेको पदमा सरकारले नयाँ सिलवाललाई नियुक्त गरेको हो ।
धादिङ ङर भई काठमाडौँ गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष समेत रहेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए ।