विश्वकप क्रिकेट फाइनलः न्यूजिल्याण्ड र इङ्ल्याण्ड पहिलो उपाधिको खोजीमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ २९, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ ।

उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको साथ छ ।

तर न्यूजिल्याण्ड पनि यस्तै मौसममा क्रिकेट खेल्न अभ्यस्त छ ।

सेमिफाइनलमा दावेदार भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्यूजिल्याण्ड यसपटक विश्व क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छ ।

साविक विजेता अस्ट्रेलियालाई घर फर्काउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डका लागि पनि आजको खेल नयाँ इतिहास रच्ने अवसर बनेको छ ।

आजको खेल जसले जिते पनि विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित छ । दुबै टोली एकदिवसीय विश्वकपमा पहिलो उपाधिको खोजीमा छन् ।

Share

ताजा अपडेट

खोजी गर्नुहोस