इंग्ल्याण्डले उचाल्यो विश्वकपको उपाधि, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ ३०, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।

यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

सुपर ओभरमा पनि बराबरी

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो ।

ताजा अपडेट

खोजी गर्नुहोस