साउन ७, काठमाडौँ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले आज (मंगलबार) कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार विहान ७:१५ मा सुरु हुनेछ । र, कतारविरुद्ध मैदान उत्रदा उपाधि दाबेदार नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष वरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी-ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।
आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ । किनकि कतार नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको छ ।