साउन ११, काठमाडौँ । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् ।
वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्तिम टुङ्गो लागेको छैन । तर बेल चीनियाँ क्लबसंग अनुबन्धनको निकै नजिक रहेको बताईएको छ ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया फरवार्डले क्लब छाड्न लागेको बताएका थिए । प्रि–सिजन टूरमा बार्यन म्युनिखसंग ३–१ ले पराजित भएपछि बेलले निकै चाँडै क्लब छाड्ने जानकारी जिदानले गराएका थिए ।
बेलको बहिर्गमनको बिषयमा जिदानले भनेका थिए, ‘यो सबैका लागि राम्रो हो ।’
चीनमा बेलले हप्ताको करिब एक मिलियन पाउण्ड प्राप्त गर्ने बताईएको छ ।