नेपाल बाहिरिएपछि प्रमोद खरेलको चित्त दुख्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १२, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाडौँ । नेपाली क्रिकेटका क्रेजी फ्यान मध्ये गायक प्रमोद खरेल पनि एक हुन् । सांगीतिक जीवनको व्यस्त तालिकालाई छोडेर भए पनि उनी नेपाली क्रिकेटको फलो गरिरहन्छन् ।

नेपालको खेल हुँदा मैदानमै पुगेर खेलाडीको हौसला बढाउने गायक खरेलले क्रिकेटलाई नै समर्पित गरेर आफ्नो सांगीतिक कोशेली पनि पस्केका छन् ।

तर आउँदो वर्ष अस्ट्रेलियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने नेपालको सपना एसियाली छनौट चरणमै तुहिएपछि हरेक नेपाली क्रिकेटका समर्थकसँगै गायक खरेल पनि निराश छन् ।

ओमान, हङकङ र यूएईजस्ता आफू समानका प्रतिद्वन्दीसँग भिडनु नपर्ने स्थितिका कारण टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटमा निर्विकल्प जस्तै मानिएको नेपालको यो पराजय बिसर्न लायक छ ।

आफूलाई नेपाली त्रिकेटको कट्टर समर्थक बताउने गायक खरेलले क्रिकेटमा देशको भविष्य हेर्ने हो भने मैदान भित्र र बाहिर ठूलो फड्को मार्नुपर्ने निश्चित रहेको बताएका छन् ।

अन्यथा एक दुई खेलाडी र भाग्यको भरमा नेपाली क्रिकेट अगाडि बढ्न नसक्ने उनले उल्लेख गरेका छन् ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कमजाेर कतारसँग पराजित भएको थियो । गएको मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको थियाे ।

मलेसिया र कुवेतलाई हराए पनि प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग हारेपछि नेपालको विश्वकप छनौट खेल्ने बाटो रोकिएको हो ।

https://www.facebook.com/pramodkharel/posts/10217254594175771

ताजा अपडेट

खोजी गर्नुहोस