बेल रियल मड्रिडको टिमबाट बाहिर

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १४, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाडौँ । ग्यारेथ बेल रियल मड्रिडको प्रि–सिजन भ्रमण अन्तर्गत म्युनिखका लागि तय गरिएको टिमबाट बाहिर निकालिएका छन् ।

बेलको चिनियाँ क्लबसँगको सम्भावित सम्झौता अन्तिम समयमा आएर रोकिएपछि उनी म्युनिख भ्रमणका लागि तय भएको टिमबाट बाहिर निकालिएका हुन् ।

बेल अहिले खेल्न सक्ने मानसिक अवस्थामा नरहेको बताइएको छ । रियल मड्रिडका फ्लोरेन्टिनो पेरेजले चिनियाँ क्लब जियाङ्ग सुनइङ्गसँगको बेलको सम्भावित सम्झौता अन्तिम समयमा आएर रोकेका थिए । बेल तत्कालका लागि रियल मड्रिडमै रहने निश्चित भएको छ ।

वेल्सका ३० वर्षे बेल तीन वर्षको सम्झौतामा चिनियाँ क्लब जियाङ्ग सुनइङ्ग जाने तयारी थियो । उनले हप्ताको १० लाख पाउण्ड पारिश्रमिक पाउने गरी सम्झौताको तयारी भएको थियो । तर रियल मड्रिड अन्तिम समयमा सम्झौताबाट पछि हटेको हो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस