ग्लोबल टी–ट्वान्टीमा सोमपालको ‘डेब्यु’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौं । नेपालका फास्ट बलर सोमपाल कामीले पहिलो पटक विदेश फ्रेन्चाईज क्रिकेटमा डेब्यु गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेटमा सोमपालले विनिपेग होक्सबाट डेब्यु गरेका हुन् ।

एडमोन्टन रोयल्सविरुद्व नेपाली राष्ट्रिय टिमका ओपनर बलर रहेका सोमपालले डेब्यु खेलमा ब्याटिङ र बलिङ गर्ने अवसर पाएका थिए ।

तर उनी पहिलो खेलमा खासै प्रभाव जमाउन सकेनन् । उनी होक्सबाट आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । जसमा उनले ५ बल खेल्दै १ रनमात्र बनाउन सके ।

यस्तै दुई ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर विकेट विहिन रहे ।

तर रोयल्सविरुद्वको खेल होक्सले ८ विकेटले हार्न पुग्यो ।

सुरुवाती ब्याटिङ गरेको होक्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । रोयल्सले १४ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य पुरा गरिदियो । अंशुमन रथले नटआउट ८७ रन बनाउँदै रोयल्सको जितको रेखा कोरेका थिए ।

तालिको पुछारमा रहेको रोयल्स क्लब ५ खेलमा पहिलो जित निकाल्न सफल रहयो । होग्स ४ अंक सहित तालिकाको चौथो स्थानमा यथावत रह्यो । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस