इन्टर मिलानसँग टोटेनहम पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २०, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । इन्टरनेसनल च्याम्पियन्स कपमा प्रिमियर लिग क्लब टोटेनहम इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटेनहम मिलानसँग पेनाल्टी सुट आउटमा पराजित भएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेल खेलको निर्णय पेनाल्टी मार्फत गरिएको थियो । जसमा मिलनले टोटेनहमलाई ४–३ गोल अन्तरले हराएको थियो ।

यसअघि खेलको तेस्रो मिनेटमै टोटेनहमले लुकास मौराको गोत मार्फत सुरुवती अग्रता बनाएको थियो । यता खेलको ३६ आँै मिनेटमा स्टेफानो सेन्सीले मिलनका लागि बराबरी गोल फर्काएका थिए । प्रि–सिजन टुर अन्तर्गत टोटेनहमको यो दोस्रो हार हो । यसअघि टोटेनहम म्यान्चेस्टर युनाइटेडसँग पराजित भएको थियो ।
एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस