साउन २२, काठमाडौँ । अमेरिकाको डिसी युनाइटेडमा १८ महिना बिताए इङ्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान वायने रुनी स्वदेश फर्कने भएका छन् । रुनी डर्बी काउन्टीसँग गरेको सम्झौता अनुसार सन् २०२० को जनवरीबाट टोलीमा आबद्ध हुनेछन् ।
डर्बीमा रुनी दोहोरो जिम्मेवारी खेलाडी र प्रशिक्षकका रुपमा रहनेछन् । रुनी मेजर लिग सकर टोली डिसी युनाइटेडमा जुन २०१८ मा आबद्ध भएका थिए । डबीले ३२ रेडसँग क्लबको कीर्तिमानी सम्झौता गरेका थिए । रुनीले नयाँ क्लबमा ३२ नम्बर जर्सी लगाउने छन् ।
‘डर्बीसँगको सम्झौतालाई लिएर म खुसी छ र म उत्साहित छु । म प्रशिक्षक फिपिल कोकुसँग काम गर्न आतुर छु । जनवरीको सुरुवातबाट म टोलीमा हुनेछु , ‘ रुनीले भने, ‘मलाई विश्वास छ , क्लबमा म आफ्नो तर्फबाट योगदान गर्नेछु । म सबैसँग भेट्न चाहन्छु । मुख्यत समर्थकलाई । त्यस्तै क्लबसँग काम गर्न पनि त्यत्तिकै उत्साहित छु । ‘
रुनी र क्लबबीच साताको १ लाख पाउन्ड उपलब्ध गराउने सम्झता भएको विश्वास गरिएको छ ।
अमेरिकाबाट स्वदेश फर्कने क्रममा मंगलबार बिहान हिथ्रो विमास्थलमा आइपुग्दा समर्थकरुले उनीसँग तस्बिर खिचेका थिए । कोकुको टोलीमा रहेर रुनीले प्रशिक्षण जीवनलाई पनि अघि बढाउनेछन् ।
‘रुनी साच्चै माथिल्लो स्तरका खेलाडी हुन् । उनी क्लबमा आउँदा हामी उत्साहित छौं । उनको आगमले क्लबका खेलाडीको मनोबल मैदान बाहिर र भित्र पनि बढ्नेछ,’ प्रशिक्षक कोकुले भने, ‘उनको खेल जीवन स्तर रह्यो । उनले देश र क्लब दुवैका लागि योगदान गरेका छन् । अहिले पनि उनी उत्तिकै प्रभावकारी छन् ।’