फिफाद्वारा सिटीलाई जरिवाना

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २९, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको छ ।

फिफाले सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको जनाएको छ । अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

युवा खेलाडी अनुबन्धको नियम उलंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।

यसअघि फिफाले चेल्सीलाई २ वर्ष खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस