घरेलु मैदानमा सिटीको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ ।  इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । टोटेनहमका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे ।

इतिहाद स्टेडियममा खेलको २० औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा लामेलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए ।

खेलको ३५ औं मिनेटमा अग्युरोले गोल गर्दै पहिलो हाफमा सिटीलाई २-१ को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सिटीकाआ ग्राबियल जिससले गरेको गोलले मान्यता पाएन । जिससले गोल गरेपनि भीएआरले त्यसलाई अफसाइड भएको जनाएको थियो ।

यो बराबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ ।

टोटेनहमको पनि २ खेलबाट ४ अंक रहेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस