रियलको सुखद सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो ।

सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित भएपनि रियलले थप दुई गोल गर्यो ।

खेलको ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८० औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका लोसडाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

सेल्टाविरुद्धको जितमा प्रशिक्षक जिनेदान जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा मैदान उतारेका थिए ।

जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । सेल्टाले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस