‘क’ श्रेणीको गोल्डकपमा ६ ‘ए’ डिभिजन क्लब अनिवार्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १९, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि प्रतियोगिता नियमावली लागु गरेको छ ।

काठमाडौं बाहिर सञ्चालन हुदै आएका प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले नियमावली जारी गरेको हो ।

एन्फाको फुटबल नियमावली अनुसार मोफसलका गोल्डकपलाई तीन श्रेणीमा विभाजन गरिएको छ । एन्फाले सहभागी हुने टिम, पुरस्कार राशी र व्यवस्थापनलाई आधार बनाएर गोल्डकपलाई तीन तहमा विभाजन गरेको छ ।

क र ख वर्गको प्रतियोगितका लागि १० टिम अनिवार्य गरिएको छ । त्यसमा ६ ए डिभिजन अनिवार्य गरिएको छ । ग श्रेणीको गोल्डकपमा ८ टिम अनिवार्य र ४ ए डिभिजन क्लब हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतियोगिता सञ्चालन गर्न क वर्गको प्रतियोगिताले २० हजार, ख वर्गले १५ हजार र ग वर्गले १० हजार रुपैयाँ दस्तुर एन्फामा बुझाउनुपर्नेछ ।

एन्फाले जारी गरेको मोफसलको प्रतियोगिता सम्बन्धि नियमावली निम्न प्रकारको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस