मान्डजुकिच सहित तीन स्टार युभेन्ट्सको टिम बाहिर

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १९, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौं । ईटालियन क्लब युभेन्ट्सले मारियो मान्डजुकिच सहित तीन स्टार खेलाडीलाई च्याम्पियन्स लिगको समुह चरणको टोली बाहिर राखेको छ ।

सिरि ए लिग विजेता युभेन्ट्सले ईमी कान र फरवार्ड मान्डजुकिच सहित तीन खेलाडीलाई च्याम्पियन्स लिगको समुह चरणको खेल बाहिर राखेको हो ।

युभेन्ट्सले घोषणा गरेको २२ सदस्यीय टिममा कप्तान जर्जियो चिलिनी सहित कान र मान्डजुकिच छैनन् । चिलिनी चोटका कारण लामो समय मैदान बाहिर बस्ने भएका हुन् ।कान सन् २०१८ मा लिभरपुलबाट ईटालियन जायन्ट आएका थिए । ३३ बर्षका मान्डजुकिच समेत पछिल्लो समय प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडसंग जोडिएका थिए ।

युभेन्ट्सका मुख्य प्रशिक्षकले ६ नयाँ खेलाडीलाई समावेश गर्दै च्याम्पियन्स लिगको समुह चरण खेल्ने टोलीको घोषणा गरेका हुन् । सो समुहमा वेल्सका मिडफिल्डर आरोन राम्सी समेत सहभागी छन् ।

जर्मनीका कान युरो छनोट २०२० अन्तर्गत नेदरल्याण्डसंग आगामी सुक्रबार खेल्दैछ ।

‘संवाद मुस्किलले एक मिनेट भएको थियो । तर मलाई कुनै व्याख्या भएको छैन । यसले मलाई निकै दुख लागेको छ ।’ कानले भनेका छन् ।

सिरि ए क्लबले च्याम्पियन्स लिगका समुह चरणमा स्पेनिस क्लब एट्लेटिको मड्रिड, वायर लिभरकुसेन र लोकोमोटिभ मस्कोसंग खेल्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस