एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा नेपाल र ताजिकिस्तान भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन ३, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको समुहको तेस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दैछ । सुरूवाती २ खेलमा एकमा हार र एक बराबरी खेलेको नेपालले ताजिकिस्तान विरूद्कोद्ध खेलमा पनि अंक खोस्ने लक्ष्य रहेको छ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राती १० बजेर ४५ मिनेटमा सुरू हुनेछ । समुहमा नेपालको २ खेलमा एक अंक रहेको छ । ताजिकिस्तानसँग मैदान उत्रदा नेपाल अंक खोस्ने लक्ष्यमा हुनेछ ।

यता समुहको शिर्ष स्थानमा रहेको ताजिकिस्तानले लगातार २ खेलमा ६ अंक बनाएको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग ७९० ले पराजित भएको भने दोस्रो खेलमा कुवेतसँग १९१ गोलको बराबरी खेलेको थियो । नेपालले अन्तिम १० मिनेट सम्हालिन नसक्दा कुवेत विरूद्द गोल खाएको थियो ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस