खेल क्षेत्र भद्रगोल, आइजिपीदेखि गुण्डा नाइकेसम्म खेलकुद संघको नेतृत्वमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन ४, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । सार्वजनिक रुपमा दल र तिनका नेता खेलकुदलाई राजनीतिमुक्त बनाउने प्रतिबद्धता पटकपटक गर्छन्। तर, व्यवहार ठीक उल्टो छ।

खेलकुदका तल्ला निकायसम्म चर्को राजनीतिक हस्तक्षेप छ।

राष्ट्रिय राजनीतिमा चर्चा र ख्याती कमाएका नेतासमेत खेलकुलको राजनीतिमा प्रत्यक्ष सहभागी छन्।

जसले खेलकुद क्षेत्रलाई भद्रगोल बनाएका छन्।

नेपाल प्रहरीका आइजिपी, बैँकर, व्यापारी, गुण्डानाइकेसम्म पनि खेलकुद संघहरुलाई नेतृत्व गरिरहेका छन्।

नेकपाका केन्द्रीय सदस्य तथा सांसद जीवनराम श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष छन्।

नेकपाकी सांसद तथा अनेमसंघकी नेतृ तुलसा गौतम सचिव र नेकपाका कार्यकर्ता पीताम्बर तिम्सिना उपमहासचिव छन्।

नेता मात्रै खेलकुद संघको नेतृत्वमा छैनन्। आइजिपी सर्वेन्द्र खनाल नेपाल तेक्वान्दो संघको उपाध्यक्ष हुन्।

सुरक्षा निकायका मान्छे मात्र होइन, गुण्डा नाइके पनि खेलकुदको नेतृत्वमा छन्।

डन चक्रे मिलन इन्टरनेसनल क्योकोसिन काइकान कराते संघ, नेपालका अध्यक्ष हुन्।

खेलकुको वरीयतामा आइजिपी खनालभन्दा डन चक्रे मिलन माथि छन्।

ताजा अपडेट

खोजी गर्नुहोस