धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु (खेल तालिका सहित)

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १३, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा आज सोमबार देखि खेल सुरु हुँदैछ ।

“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।

बिहान १० बजे खेल प्रतियोगिताको औपचारीक उद्घाटन गरेर दिउँसो ३ बजे देखि खेल सुरु गर्ने धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले बताए ।

प्रतियोगिताको लागि सम्पुर्ण तयारी पुरा भएको भन्दै प्रतियोगिता निकै सभ्य र भव्य हुने मुल आयोजक समितीका वरिष्ठ सल्लाहकार सुरेश आचार्यले बताए । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने नगरप्रमुख बालकृष्ण आचार्यले बताए ।

गत शुक्रबार देखी प्रतियोगिता आयोजना गर्ने भनिएपनि प्राविधिक समस्याका कारण खेल सोमबार आज देखी गर्न लागिएको हो ।

प्रचार प्रसारका लागि सञ्चार सहयोगी अनलाईन केन्द्र डटकम पनि रहेको छ ।

यस्तो छ खेल तालिका…

ताजा अपडेट

खोजी गर्नुहोस