मेस्सी त्यसबेला बार्सिलोना छाड्न चाहन्थे…

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । लिओनल मेस्सीले एक समय उनी बार्सिलोना छाड्ने सोचमा पुगिसकेकाे बताएका छन् । उनले स्वीकार गरेका छन् कि एक समय उनी बार्सिलोना छाड्ने सोचमा पुगिसकेका थिए । तर यो क्लबका कारण नभई स्पेनमा बस्न मन नलागेर भएको बताएका छन् ।

आरएसी वानलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘साँच्चै भन्नुपर्दा त्यसबेला (२०१३/१४ ) म बार्सिलोना छाड्न चाहन्थेँ ।’

‘बार्सिलोनाका कारण होइन । करको विवादका कारण म स्पेन छाड्न चाहन्थेँ । मलाई लाग्यो कि ममाथि गलत व्यवहार भएइरहेको छ र अब म यहाँ बस्न चाहन्न ।’

त्यसबेला आफूसामू थुप्रै विकल्प भएपनि औपचारिक रुपमा कुनै प्रस्ताव भने नआएको उनले सुनाए ।

तर अहिले परिस्थिति फेरिएको छ । उनी बार्सिलोनाप्रति यति प्रतिवद्ध छन् कि फुटबल करियर यही अन्त्य गर्न चाहन्छन् । ‘यो प्रष्ट छ, म आफ्नेा करियर बार्सामा नै अन्त्य गर्न चाहन्छु’, उनले भने, ‘यो क्लब र परिवारका लागि । हामी बार्सिलोनामा धेरै खुसी छौं ।’

कतिसम्म भने अर्जेन्टिनाको आफ्नो बाल्यकालको क्लब निवेल्सबाट खेलेर सन्यास लिने सपना पनि त्यागेका छन् ।

अहिले परिवार प्राथमिकतामा परेको भन्दै उनले भनेका छन्, ‘मेरो बच्चाहरुले बनाएको साथीहरु छुट्नु भन्ने चाहन्नँ, जुन म सानो हुँदा भयो ।’

ताजा अपडेट

खोजी गर्नुहोस