अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन २७, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाडौं । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा अरु तीन गोल थप्दा भने एक गोल खायो ।

२० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा इक्वेडरका स्पिनोजाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको अग्रता दोब्बर भयो । ३२ औं मिनेटमा पनि पेनाल्टीबाट लिएनार्दोले अर्को एक गोल थपेपछि पहिलो हाफसम्म अर्जेन्टिना ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा इक्वेडरले एक गोल फर्कायो । ४९ औं मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि सान्त्वना गोल फर्काएका हुन् ।

त्यसपछि फेरि अर्जेन्टिनाले ६६ औं, ८२ औं र ८६ औं मिनेटमा तीन गोल थप्यो । यी गोलहरु क्रमशः जर्मन पिजेला, निकोलास र लुकासले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस