विश्वकप छनोटः नेपाल जोर्डनसँग ३–० ले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन २९, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति अम्मानस्थित अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा सोही लय कायम गर्न सकेन र तीन गोल खान पुग्यो ।

जोर्डनका लागि खेलको ५५ औँ मिनेटमा साल्बाया फिरासले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । नेपालका दिनेश राजवंशीले फउल गरेपछि पाएको पेनाल्टीको उनले सदुपयोग गरेका हुन् ।

यस्तै ७८ औँ मिनेटमा अहमद एर्शन र ८८ औँ मिनेटमा बाहा फैसलले गोल गरेपछि जोर्डन ३–० ले विजयी भयो ।

जितसँगै जोर्डनले तीन खेलबाट सात अंक जोडेको छ भने चार खेल खेलेको नेपालको तीन अंक मात्र छ । नेपालले १९ नोभेम्बरमा घरेलु मैदानमा कुबेतसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस