असोज ३०, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक लिएर क्रिकेट खेल्ने भएका छन् ।
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा खेल्नका लागि उनी १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । उनलाई बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्सले अनुबन्धन गरेको हो ।
सन्दीप बुधबार मात्र टी १० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।