महेन्द्रसिंह धोनी भन्छन् : बेलाबेला म पनि रिसाएको अनुभव गर्छु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । एजेन्सी । महेन्द्रसिंह धोनीका धेरै गुणहरुमध्ये शान्त बस्नु पनि एक हो । उनीबारे आलोचना हुँदा पनि उनी शान्त बस्छन् । भारतीय क्रिकेटमा राम्रो प्रभाव पारेका धोनी क्रिकेट जीवनको लगभग अन्तिम अवस्थामा आइसकेका छन् ।

यसैबीच, ३८ वर्षीय धोनीले आफ्नो मानसिक क्षमताको बारेमा खुलासा गरेका छन् । “म अरुजस्तै छु तर मैले अरुले भन्दा राम्रोसँग संवेगहरुलाई नियन्त्रण गर्नसक्छु । म पनि अरुजस्तै तनाव महसुस गर्छु । म पनि बेला बेलामा रिसाउँछु, दुःखी हुन्छु तर महत्वपूर्ण कुरा यो हो कि यी संवेगहरु रचनात्मक होइनन् । संवेगहरु भन्दा अहिलेको अवस्थामा के हुनुपर्ने अथवा के गर्नुपर्ने हो त्यो महत्वपूर्ण हुन्छ,” धोनीले भने ।धोनीको कप्तानीमा भारतले ३ आईसीसी प्रतियोगिता जितेको थियो तर सन् २०१३ पछि भने भारत च्याम्पियन भएको छैन । भारत अहिले २०२० को अक्टोबरमा हुने टीट्वान्टी वर्ल्ड कपका लागि तयारी गरिरहेको छ ।

भारतले सन् २००७ को टी–ट्वान्टी विश्व कप जित्दा टिमको राम्रो समन्वय थियो । “टिमले व्यक्तिभन्दा पनि टिमको मार्फत् प्राप्त गर्न खोज्यो भने प्रतियोगिता टिमको नै हुनेछ । टिमको उद्देश्य भनेकै प्रतियोगिता जित्नु हो र यो उद्देश्य सधैँ रहन्छ । सधैँ व्यक्तिगत रुपमा कुनै खेलाडीले टिमले भन्दा राम्रो खेल्छ भन्ने हुँदैन । टिममा भएका सबै जनाले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्छ । हार अथवा जित टिमको सबै खेलाडीको भागमा पर्दछ । टिमभित्र सबैको भूमिका र दायित्व हुन्छ । सन् २००७ को टी–ट्वान्टी विश्वकपमा सबै खेलाडीले आफ्नो भूमिका राम्रोसँग निभाएका थिए । जसकारणले भारतले उक्त प्रतियोगिता हात पारेको थियो,” धोनीले थपे ।

ताजा अपडेट

खोजी गर्नुहोस